अलिबाबा माथी एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी

Business International News News

IR,CHALISE, LONDON,

लण्डन, चीनले ई–कमर्स क्षेत्रको सबै भन्दा शक्तिशाली कम्पनी ‘अलिबाबा’ माथी एकाधिकार नियमहरु उल्लंघन गरेको गम्भीर आरोप लगाउदै करिब एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार अन्तरास्ट्रीया संचार माध्यम हरुले सार्वजनिक गरेका छन्।

अमेरिकाबाट प्रकाशित हुने लोकप्रिय पत्रिका वाल स्ट्रिट जर्नलमा बिहीबार सो कम्पनी माथिको जरिवानासम्बन्धी समाचार छापिएको थियो। यस विषयमा चिनियाँ अधिकारीहरुले अहिलेसम्म केही बताउन चाहेका छैनन्।

अलिबाबाका संस्थापक अर्बपति व्यापारी ‘ज्याक मा’ ले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनीका व्यवसाय सरकारी निकायहरुको आँखाका तारो बनिरहेका छन्।

यो जरिवाना गर्न लागेको रकम चीनमा कुनै पनि कम्पनीमाथि सरकारले लगाउन लागेको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको बताइएको छ। यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी ‘क्वालकम’ ले करिब ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। त्यसबेला ‘क्वालकम’ माथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो।

अलिबाबा संस्थापक ज्याक मा

चीनको सबैभन्दा ठूलो र लोकप्रिय अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित ‘अलिबाबा’ माथि अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन्। यो कम्पनी चिनियाँका लागि मात्र नभएर बिश्वभरिबाट सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनिरहेको छ।

गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरुले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी ‘एन्ट ग्रुप’ ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ-शाङ्घाई प्रारम्भिक शेयर निश्कासनलाई रोकिदिएका थिए।

त्यसको एक महिनापछि अधिकारीहरुले अलिबाबाको व्यावसायिक गतिविधिको फाइलमाथि अनुसन्धान शुरु गरे। त्यही पछि ज्याक मा मध्य जनवरीसम्म सार्वजनिक रुपमा कतै देखा परेनन्।

जर्नलका अनुसार अनुसन्धान अधिकारीहरुले अलिबाबाले आर्जन गरेको सम्पत्ति अन्य असम्बन्धित क्षेत्रमा प्रवाह गरिरहेको छ छैन भन्ने खोजी गरिरहेका छन्। अलिबाबाका प्रवक्ताले उक्त घटनाका बारेमा पनि केही बताउन चाहेनन्।

अलिबाबामाथि आफूसँग आबद्ध व्यापारीहरुलाई अन्य प्रतिस्पर्धी ई–कमर्श कम्पनीमा सूचीकृत हुन रोक्दै आएको आरोप छ। अलिबाबा कम्पनीले गत महिना राज्य प्रशासनका अधिकारीहरुलाई अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको थियो। [यो समाचार कान्तिपुरमा छापिएको छ]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *