The Mirror Desk,
काठमाडौँ, अलिबाबाक सस्थापक बोस अथवा चिनियाँ अरबपति ‘ज्याक मा’ करिब दुइ महिनादेखि देखिएका छैनन्। केही साता अघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम भए पनि उनि उपस्थित भएनन् । १५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा ‘ज्याक मा’ पनि रहने समाचार आएको थियो। तर पछि उनको नाम र फोटो आधिकारिक रुपमै वेब साइटबाट हटाइएको थियो। तर उनका प्रवक्ताले भने उनि निकै व्यस्त भएको कारण निणार्यकको रुपमा सहभागिता नहुने जानेका थिए।
अक्टोबर २४ मा सांघाईमा उनले एउटा ‘विवादित’ अभिव्यक्ति दिएका थिए। त्यस पछि उनको व्यावसायिक ‘एन्ट ग्रुप’ चिनियाँ नियमनकारी निकायको निगरानीमा रहेको बताइएको छ । ‘विवादित’ अभिव्यक्ति उनले भनेका थिए, ”अहिलेको अर्थ व्यवस्था औद्योगिक युगको लिगेसी हो, हामीले नयाँ पुस्ता र युवाहरुका लागि नयाँ व्यवस्था खडा गर्नुपर्छ, हामीले वर्तमान प्रणालीमा सुधार ल्याउनुपर्छ”। सामाजिक सञ्जालमा हरेक गतिबिधि अपडेट गराइरहने माले अक्टोबर १० देखि कुनै पनि ट्वीट गरेका छैनन्।
गत डिसेम्बरमा चिनियाँ अधिकारीहरुले उनको व्यावसायिक ग्रुप ‘एन्ट ग्रुप’ माथीको एकाधिकारविरुद्धको अनुसन्धान गर्दै कम्पनीलाई पूर्ण रुपमा पुन:संरचना गर्न आदेश दिएको थियो। धेरै मानिसहरुले उनले चिनियाँ रास्ट्रपतिको आलोचना गरेको बिस्वास गर्छन।
[ref-zeenews]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–