काठमाडौं, नेपाल क्रिकेट संघ क्यानले अष्ट्रेलियन डेभ वाटमोरलाइ नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानले उनलाई बिहिबार प्रशिक्षकमा छनोट गरेको हो।
त्यसै गरी क्रिकेट म्यानेजरमा बिनोद दास, क्यानको जनरल म्यानेजरमा रौनक बहादुर मल्ल र मूख्य फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने छनोट भएको कुरा क्यानले उल्लेख गरेको छ। उनीहरु सबैको नियुक्ति आगामी जनवरी १ बाट लागू हुने कुरा क्यानले जनाएको छ।
यस अघिका प्रमुख प्रशिक्षक उमेश पटवाल गत् माघ महिनामा राजिनामा गरेपछि प्रमुख प्रशिक्षक पद रिक्त रहेको थियो। प्रमुख प्रशिक्षकका लागि गरिएको आवेदन आव्हानमा विश्वभरिबाट करिब ७७ जनाले आवेदन दिएका थिए। क्यानले जनाए अनुसार उनलाई मासिक १० देखि १२ हजार डलर तलब तथा अन्य सेवा सुबिधा दिने सहमति गरिएको छ। व्हाटमरसँग क्रिकेट श्रीलङ्का, बंगलादेश, जिम्मबाबवे लगायतका राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको अनुभव रहेको छ। उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो। हामी उनको साथै नेपाली क्रिकेट टिमको सफलताको सुभकामना दिन चाहन्छौ।[ref-nepali medias]

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…