australia

अष्ट्रेलियन हाइ कमिसन टोली नेपालमा, भिसा रिजेक्सन बारे छलफल हुदै

National News News

The Mirror

नेपाली बिद्यार्थीहरुको भिसा रिजेक्सन रेट हाई भएपछी अष्ट्रेलियन हाई कमिसनका उच्च पदाधिकारीहरुको टोली नेपाल आएको छ।

उनीहरुले आउने शुक्रबार बिहान नेपालका शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित संघसंस्था तथा व्यक्तिसँग छलफल गर्ने छन।

समाचारमा जनाईए अनुसार उक्त छलफल भोलि शुक्रबार बिहान ९ बजे अस्ट्रेलियन दूतावास महाराजगन्जमा हुनेछ।

शुक्रबार बिहान हुने छलफलमा पछिल्लो समय बढेको अष्ट्रेलियाको भिसा रिजेक्सनबारे छलफल हुने बताइएको छ। छलफलमा भिसा रिजेक्सनकाे कारण र समाधानका उपायबारे पनि विस्तृत छलफल हुनेछ।

सो क्रममा कन्सलटेन्सीका लागी आचारसंहिता पनि तय गरिने कार्यक्रम रहेको बताइएको छ।

त्यस्तै, नक्कली डकुमेन्ट पठाउने कन्सलटेन्सी र सञ्चालक नै कालोसूचीमा पर्नेसम्मको छलफल हुनसक्ने कुरा समाचारमा जनाईएको छ।

उक्त छलफल पछि नेपाली बिद्यार्थीहरुको भिसा प्रक्रियामा केहि सजिलो हुनसक्ने अनुमान गरिएको छ।

[ref-nepalipublic]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *