lucky sherpa

अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा फेरि एमालेमा

National News News

The MIrror

अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा फेरि एमाले प्रवेश गरेकी छन्।

एमालेको नयाँ मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शेर्पा लगायत धेरैलाई पार्टी प्रवेश गराएका हुन।

शेर्पा पहिलो संविधान सभा विघटन भएपछि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन भने २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन।

माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन।

यस्तै रामराजाप्रसाद सिंहको पार्टीका सलबहादुर बिकसहित ३० जना,सशस्त्र प्रहरीका पूर्व एसएसपी गाहार्धन राई, सुदर्शन सिलवाल, नेपाल प्रहरीका पूर्व डीएसपी कृष्णराज सापकोटा, पूर्व शव इस्पेक्टर ऋषी मैनालीलगायत पनि एमाले प्रवेश गरेका छन।

ओलीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन भने स्वतन्त्र रूपमा रहेका मिना राणा र वरदान शमशेर राणालाई पनि एमालेले पार्टीमा भित्र्याएको छ।

त्यस्तै केन्द्रीय सहकारी विभागका शालिकराम पौडेल, सागर ढकाल, कोषबहादुर जिसी, शिक्षक गोविन्दप्रसाद आचार्य, वेली तामाङ, माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य धनबहादुर थापा, नेपाल मजदुर किसान पार्टी जुम्लाका पूर्वअध्यक्ष धमेन्द्र थापा र खगेन्द्र थापा पनि एमाले प्रवेश गरेका छन।

[ref-tvannapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *