Visa Rejection

‘अष्ट्रेलियाले भिसा रिजेक्सन गर्नुका तिन मुख्य कारणहरु’

National News News

The Mirror

करिब गर दुई/तिन महिनामा अस्ट्रेलियाको भिसा रिजेक्सन रेट निकै बढ्यो र त्यसमा नेपाली बिद्यार्थीहरु पनि पिडित बने।

रिजेक्सनको मुख्य कारण गलत तथा नक्कली कागजात नै रहेको छ।

अष्ट्रेलिया जानका लागि निवेदन दिँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्दा अष्ट्रेलियाको भिसा रिजेक्सन बढी मात्रामा हुने गरेको अष्ट्रेलिया सरकारको गृह विभागले जनाएको छ।

यसका साथै, बैंकबाट गरिने आय प्रमाणीकरण, सम्पति मूल्याङकन नक्कली हुनु तथा विश्वसनीय नबनाइँदा भिसा रिजेक्सन रेट बढेको विभागले जनाएको छ।

त्यस्तै, अष्ट्रेलिया सरकारको गृह विभागका अनुसार विदेशमा बसोबासका लागि खर्च बढी भएकोले विद्यार्थीले व्यहोर्न नसक्ने अवस्था छ। साथै, धेरै विद्यार्थीले भिसाका लागि निवेदन दिँदा वार्षिक आम्दानी अपत्यारिलो देखाइएको हुन्छ, जसले पनि भिसा रिजेक्सन बढेको अष्ट्रेलिया सरकारको गृह विभागको प्रतिवेदनमा उल्लेख छ।

यो समस्या स्नातक र स्नातकोत्तर (ब्याचलर र मास्टर्स) अध्ययनका लागि अष्ट्रेलिया जान निवेदन दिने विद्यार्थीहरुको भन्दा डिप्लोमा अर्थात व्यावसायिक शिक्षा तथा प्रशिक्षण (भीईटी) जाने विद्यार्थीमा बढी छ।

भिसा रिजेक्सनका मुख्य तिन कारणहरु यसप्रकार छन्

१] शैक्षिक कागजातमा भएका सम्पूर्ण जानकारी सही नभर्नू, पासपोर्ट, नागरिकता, जन्ममिति, शैक्षिक प्रमाणपत्र आदी डकुमेन्टमा नाम, स्पेलिङ, जन्ममितिमा फरक पर्नु

२] मिति, ठेगाना, सम्पर्क नम्बर लगायतका जानकारीमा सान–साना गल्ती भेटिनु

३] अष्ट्रेलिया पढ्न जान चाहनुको कारणबारे स्पष्ट नखुलाइनु

तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए अहिले अष्ट्रेलिया सरकारले कडाइ गरेसँगै ९० प्रतिशत बढी भिसा रिजेक्सन हुन थालेको छ।

नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष पाण्डेका अनुसार पछिल्लो ३ महिनामा ९० प्रतिशत भन्दा बढी भिसा रिजेक्सन भएको छ। त्यस्तै, पछिल्लो १० दिनमा भीईटीको ९९ प्रतिशत भिसा रिजेक्सन भएको छ तर उनले यसमा विद्यार्थीको गल्ती भने नभएको पनि स्पस्ट बताए।

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *