अस्ट्रेलियाको सिड्नीमा एक नेपाली बिधार्थीको ट्रेन भित्रै मृत्यु

National News News

The Mirror Desk,

मेलबन, अष्ट्रेलियाको सीड्नीमा अध्ययनरत एक नेपाली विद्यार्थीको आडक्लीफ स्टेसनको ट्रेनमै बेहोस भएर मृत्यु भएको दुखद खबर प्राप्त भएको छ। काठमाडाैंमा बसाेबास गर्दै आएका आचार्य थरका ति युवकको बुधबार मृत्यु भएको उनका भाइले जानकारी दिएका छन्। उनको मूल घर उदयपुर भएको बुझिएको छ।

उनी सिड्नी स्थित एबी कलेजमा अध्ययन गरिरहेका थिए भने भाइसँग बस्दै आएका थिए। उनकाे पार्थिव शरीरलाई नेपाल पठाउन एनआरएन अस्ट्रेलीया लगायतका संघ संस्था लागिपरेकाे छन्। इन्जीनीयरीङ अध्यनरत उनी ट्रेनमा एक्कासी बेहोस भएका थिए भने तत्कालै उनलाई नजिकैकाे अस्पताल लगिएको थियो। तर उनलाई अस्पतालमा पुराउदा साथ् डाक्टरहरूले मृत घोषणा गरेका थिए। उनि विराटनगरमा प्लस टु पढेर तीन वर्ष अगाडि अस्ट्रेलिया आएका थियो। उनकाे मृत्युको खास कारण अहिले सम्म यकिन भएको छैन।

अस्ट्रेलिया अहिले नेपाली विद्यार्थीका लागि अध्ययनको केन्द्र नै बनेको छ। तर समय समयमा त्यहाँबाट यस्ता धेरै दुखद खबरहरु आइरहेका छन्।

[ref-setopati]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *