Sydney australia

‘अस्ट्रेलियामा नयाँ सरकार, नेपाली बिधार्थीलाई के फाईदा होला?’

International News News

The Mirror

अस्ट्रेलियामा भर्खरै मात्र नयाँ दल लेबर पार्टी सत्तामा आएको छ। चुनावी मतगणना पूरै नसकिए तापनि झण्डै एक दशकमा त्यहाँ बनेको लेबर पार्टीको सरकारमा उक्त दलका नेता एन्थनी अल्बनेजी प्रधानमन्त्री बनिसकेका छन्।

त्यहाँ लेबर पार्टी सत्तामा आएसँगै उसले रोजगारीका बिषयमा गरेका कयौ ठूला वाचा को लाभ त्यहाँ रहेका नेपालीहरूले समेत उठाउन सक्नेमा त्यहाँस्थित कतिपय नेपालीहरूले विश्वास व्यक्त गरेका छन्।

आप्रवसनका मामिलामा भने उक्त दलले स्पष्टसँग ठूला प्रतिबद्धताहरू अघि सारेको देखिदैन।

तर पनि चुनावी प्रचारका क्रममा देखिएका कतिपय गतिविधिले आप्रवसनका क्षेत्रमा आफूहरूमैत्री नीति आउनसक्ने नेपालीहरू बताउछन।

विद्यार्थीहरूको लागी रोजगारीको सम्भाबना

धेरै नेपाली विद्यार्थीहरूको रोजाईमा पर्ने गन्तव्य अस्ट्रेलियामा एक अर्ब डलरभन्दा बढिको एउटा शैक्षिक योजना अघि सारिएको छ।

जसमा विश्वविद्यालय र प्राविधिक एवं सीपमूलक शैक्षिक संस्थाहरूमा लाखौँका सङ्ख्यामा नि:शुल्क पढ्ने र त्यहाँ रोजगारीका अवसरहरू खोलिने कुरा छन्।

त्यसैगरी कोभिडले असर पारेका क्षेत्रलाई तङ्ग्र्याउन सरकारी आडभरोसामा रोजगारी थप्ने कुराहरू यसपटक लेबरले चुनावी मुद्दा बनाएका थिए।

अस्ट्रेलियाको मोनाश विश्वविद्यालयमा राजनीतिक दलका घोषणापत्रबारे विद्यावारिधी गरिरहेका पङ्कज अधिकारी भन्छन, ‘रोजगारीका ती क्षेत्र अलिकति चलायमान हुने बित्तिकै त्यसको लाभ नेपालीहरूसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुगिहाल्ने अवस्था रहन्छ तर उनीहरू पछिल्लो प्राथमिकतामा रहन्छन’।

तर लिबरल पार्टीहरूको तुलनामा लेबरहरूले स्थानीय मानिसहरूलाई प्राथमिकतामा राख्ने हुँदा त्यो कसरी अघि बढ्ला भनेर जान्न केही समय पर्खनुपर्ने उनी बिस्वास गर्छन।

जेष्ठ नागरीकहरूको स्याहारसुसारको काम गर्नेहरूको सङ्ख्या बढाउने नीति लेबरले लिएको छ। चुनावअघि जेष्ठ नागरीकहरूले पाउने सेवाको गुणस्तर र सुरक्षाको बिषयलाई लिएर एक उच्चस्तरिय आयोग समेत गठन गरिएको थियो।

अस्ट्रेलियामा रहेका अनुसन्धानकर्ता सफल घिमिरे भन्छन्, “नेपाली विद्यार्थीहरूको एउटा उल्लेख्य सङ्ख्या अस्ट्रेलियामा नर्सिङ अध्ययनमा रहेकाले त्यस क्षेत्रमा रोजगारीको सङ्ख्या बढ्दा त्यसको लाभ उनीहरूले उठाउन सक्छन’।

आप्रवसनका सवालमा नयाँ प्रधानमन्त्री

पद सम्हालेपछिको सम्बोधनमा समेत प्रधानमन्त्री अल्बनेजीले भनेका थिए, ‘म चाहन्छु सबै अभिभावकहरूले आफ्ना सन्तानहरूलाई भन्न सक्नुपर्छ कि जहाँ जन्मेपनि, जहाँबाट आए पनि अस्ट्रेलियामा अवसरका ढोका सबैको लागि खुला छ’।

सफल घिमिरे भन्छन्, “अघिल्ला प्रधानमन्त्री स्कट मोरिसन त्यसअघि आप्रवसन सम्बन्धी जिम्मेवारीमा समेत थिए र उनले शरणार्थीको आवेदन दिन खोज्नेको सङ्ख्या सीमित पारिदिने कडा नीतिहरू ल्याएका थिए’।

घिमिरे थप्छन, ‘राम्रो नीति भएकाले जो सत्तामा आए पनि धेरै फेरबदल गर्लान् भन्ने अपेक्षा गर्न सकिँदैन र दुवै मुख्य दलमा यसबारे ठूलो भिन्नता समेत छैन’।

विद्यार्थीका मुद्दाबारे

अस्ट्रेलियामा सामान्यतया तीन प्रकारका नेपाली विद्यार्थीहरू रहेको त्यहाँका केही बासिन्दाले जानकारी दिएका छन्।

जसमध्ये एकथरी नेपालमा प्लस टु सकेकाहरू प्राविधिक तथा सीपमूलक शिक्षा लिने कलेजमा पुग्छन्।

आफ्नै कमाइका भरमा दैनिक जीवनयापन धान्नुपर्ने र कलेजको शुल्क तिर्नुपर्ने हुँदा त्यहाँ पुगिसकेको सुरुवाती वर्षपछि आर्थिक रूपले उनीहरूले सबैभन्दा कठिन अवस्था सामना गर्नुपर्ने बताइन्छ।

उनीहरूमध्ये कतिपयले धेरैजसो कठोर शारीरिक श्रम पर्ने काम गर्ने गर्छन्।

अर्काथरी विद्यार्थीहरू स्नातक वा स्नातकोत्तर सकेर जानेहरू छन्।

समग्रमा हेर्दा नेपाली बिधार्थीहरुले पनि नयाँ सरकारबाट हुनु नयाँ र खुला नीतिको फाईदा लिन सक्ने सम्भाबना निकै छ।[यो समाचार बिबिसीमा छापिएको छ]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *