RC BAJGAIN,AUS
सिड्नी, अस्ट्रेलियाको सरकारले गुगल र फेसबुकले आफ्नो प्लेटफर्मका समाचार प्रकाशित गरेबापत प्रकाशकलाई शुल्क तिनुपर्ने कानुन पारित गरेको छ। यसप्रकारको कानुन विश्वकै पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अस्ट्रेलिया सरकारले ल्याएको कानुनको अमेरिमा व्यापक विरोध भैरहेको छ।
नयाँ कानुन अनुसार फेसबुक र गुगलजस्ता कम्पनीले सोझै समाचार प्रकाशकसँग सम्झौता गर्न सक्नेछन्। अस्ट्रेलियाको नयाँ कानुन विश्वभरका नियामक निकायका लागि डिजिटल प्लेटफर्ममा समाचार सामग्रीको भुक्तानीका लागि एउटा प्रभावकारी मोडेल हुन सक्ने बताइएको छ।
सञ्चार प्रतिष्ठानले विज्ञापनमा कमी आएपछि सरकारलाई प्रविधि कम्पनीसँग वार्ताका लागि दबाब बनाइरहेका थिए। अस्ट्रेलियाको सञ्चार क्षेत्रका लागि आर्थिक सहयोग आवश्यक भएको र बलियो सञ्चारमाध्यम लोकतन्त्रका लागि आवश्यक रहेको पनि सरकारको तर्क छ। पछिल्लो समय मिडिया कम्पनीको आम्दानी घटिरहेको र गुगलको कमाइ बढेको बढ्यै छ। सन् २०१९ मा मात्रै विश्वभरबाट गुगले १६० बिलियन अमेरिकी डलरभन्दा बढी कमाएको छ।
नयाँ कानुनमा के के छ?
१) फेसबुक, गुगलजस्ता प्रविधि कम्पनीले समाचार सामग्रीका लागि शुल्क तिर्नुपर्नेछ। अहिलेसम्म उनीहरुले कति पैसा तिर्नुपर्छ भन्नेबारे भने केही खुलाइएको छैन।
२) सञ्चार प्रतिष्ठानहरुलाई प्रविधि कम्पनीसँग आफ्नो सामग्री प्रसारण/प्रकाशन गरेबापत शुल्कका लागि सम्झौता गर्न सक्नेछन्।
३) यदि समाचार प्रकाशक र प्रविधि कम्पनीबीचको सम्झौता असफल भएमा अस्ट्रेलियाको सञ्चार त आमसञ्चार प्राधिकरणसमक्ष जानुपर्नेछ।
४) त्यस्तै गुगल तथा फेसबुकले आफ्नो एल्गोरिदम परिवर्तन गर्नुपूर्व नै यसको सूचना प्रकाशकलाई दिनुपर्नेछ।
५) फेसबुक, गुगलजस्त कम्पनीका न्युजफिडमा आउने सामग्रीको शुल्कका बारेमा पनि प्रकाशकसँग सम्झौता गर्नुपर्नछ।
[ref-bbc]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons