The Mirror Desk,
काठमाडौँ, फेसबुकले अस्ट्रेलियामा बिहीबार बिहानैदेखि समाचार सामग्रीमा प्रतिबन्ध लगाएको हो। देशबाहिर बस्ने अस्ट्रेलियालीले पनि फेसबुकमा अस्ट्रेलियाली प्रकाशनका समाचार पढ्न पाएनन्। सरकारका स्वास्थ्य र आपतकालीन फेसबुक पेज पनि बन्द गरिएका थिए। यद्यपि, पछि गएर ती पेज खुला गरिएका थिए। गुगलले पनि अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्न सक्ने देखिएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताका लागि आफ्नो प्लेटफर्ममा समाचार सामग्री हेर्न र सेयर गर्न रोक लगाएकोप्रति नडराउने बताएका छन्। अस्ट्रेलियालाई ‘अनफ्रेन्ड’ गर्ने फेसबुकको कोसिस दुर्भाग्यपूर्ण भएको प्रधानमन्त्री मोरिसनको भनाइ छ।
विश्वका यी दुई ठूला प्रविधिसम्बन्धी कम्पनी (गुगल र फेसबुक) र अस्ट्रेलियाली सरकारबीच विवादको मुख्य कारण प्रस्तावित कानुन हो। यी प्रविधिसम्बन्धी कम्पनी र मिडियासम्बन्धी संस्थाबीच शक्ति सन्तुलन स्थापित गर्न उक्त कानुन ल्याउन लागिएको हो। अस्ट्रेलियाली संसद्को तल्लो सदनले प्रस्तावित कानुनलाई पारित गरिसकेको छ। अब उक्त कानुन सिनेटमा पास हुने प्रक्रियामा छ।
फेसबुकको उक्त कदमको बिश्वका शक्तिसम्पन्न देशहरुले निन्दा गरेका छन्।
ref-intnlmedia]




“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020