Removing working hours for students in Australia

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको काम गर्ने समय सीमा हटाइदै

International News News

The Mirror Desk

कोरोना भाइरसले अक्रान्त बनेको अस्ट्रेलियाले स्वास्थ्य र पर्यटन तथा अतिथि सत्कारको क्षेत्रमा काम गर्ने सबैखाले अन्तराष्ट्रिय विद्यार्थीको काम गर्न पाउने समयको हदबन्दी हटाउने भएको हो।

अहिलेसम्म अष्ट्रेलियामा पढ्न आएका विद्यार्थीले करको दायरा भित्र रहेर सातामा २० घण्टा काम गर्ने सीमा तोकिएको छ। अबका दिनहरुमा अर्को निर्णय नआएसम्म विद्यार्थीले यी क्षेत्रमा जति घण्टा काम गरे पनि हुने भएको हो।

कोरोना भाइरसको कारण विद्या‍र्थीको आगमन ठप्प भएपछि होटल, रेष्टुरेन्ट, कृषि र विभिन्न पर्यटकीय क्षेत्रमा यतिबेला कामदारको अभाव सुरु भएपछी निकै कठीनाई व्यहोर्नुपर्ने अवस्था आइपरेको छ।

यसबाहेक पनि अस्ट्रेलियामा वर्षेनी ३५ हजार कामदार पर्यटक समेत आउने गर्थे जुन अहिले सुन्य जस्तै छ।

यसका साथै सरकारले विद्यार्थीको भिसासम्बन्धि नयाँ नियम र कोरोना भाइरसले प्रभावित क्षेत्रहरुमा नयाँ योजना पनि बजेटमा ल्याउने भएको छ। जसमध्ये कोभिड प्रभावितले एक वर्षको विशेष सुविधा बसोबासको भिसासमेत पाउने छन्।

सरकारको यो योजनाले नेपाली विद्यार्थी सहित अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई निकै ठूलो राहत दिने बिश्वास गरिएको छ।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *