rajendra lingden

‘अहिलेको बजेट औचत्यहिन छ यसले हाम्रो जीवनमा परिवर्तन ल्याउँदैन’:- लिङ्देन

National News News

The Mirror

नेपाल सरकारले पेस गरेको आर्थिक वर्ष २०७९/८० को बजेटबारे आफ्नो आफ्नो धारणा राख्ने क्रम जारि छ।

यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको बजेटले आम मानिसको जीवन कुनै पनि किसिमको सकारात्मक परिवर्तन गर्न नसक्ने बताएका छन।

आगामी निर्वाचनलाई प्रभावित पार्नको लागी मात्र बजेट ल्याइएको भन्दै उनले यो बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीर गरे।

प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘इमान्दारीपूर्वक भन्नुपर्छ यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन, अहिले जुन प्रकारको आर्थिक संकट देखिंदै गएको छ, जुन प्रकारको मूल्यवृद्धि देखिंदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन, यो बजेट केबल निर्वाचन लक्षित छ, आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ’।

अध्यक्ष लिङ्देनले यो बजेटको स्रोत र यसको कार्यान्वयनका आधारहरु स्पष्ट नभएकोले यसको कुनै अर्थ र औचित्य नभएको स्पस्ट पारे।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *