Shekhar Koirala

‘अहिले एमाले हार्यो ,गठबन्धन नगरेको भए माओबादि बिलिन हुन्थ्यो’-:कोइराला

National News News

The Mirror

कांग्रेस नेता डाक्टर शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको बताएका छन।

अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना रहेको दाबी गरेका हुन।

कोइरालाले भने, ‘अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको हो, बाँकी ४० प्रतिशत गठबन्धनको बलमा जितेको हो, यदि गठबन्धन थिएन भने कांग्रेसले अरू धेरै सफलता पाउने थियो’।

नेता कोइराला सुरूदेखि नै कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने अडानमा थिए। गठबन्धनमा रूचि नभएकै कारण उनको गृहजिल्ला मोरङमा कांग्रेसले तालमेल गरेन। तालमेल नगरी चुनावमा गएको कांग्रेसले मोरङका धेरै स्थान गुमायो।

उनले अहिले एमाले एक्लै चुनाब लडेकोले हार्यो भने माओबादीले एक्लै चुनाब लडेको भए बिलिन हुने पनि स्पस्ट पारे।

तालमेल गरेको विराटनगरमा कांग्रेस विजेता हुँदा तालमेल नगरेको उर्लाबारी, लेटाङ, बेलबारी, पथरी शनिश्चरेसहितका दुई गाउँपालिका जितिसकेको छ। रंगेली र सुन्दरहरैंचामा पनि एमालेनै अगाडी छ।

कांग्रेस भने रतुवामाई नगर र विराटनगरमा सीमित भएको छ भने मोरङमा भोगेको असफलतालाई भने कोइरालाले स्वीकार गरे।

कोइरालाले भने, ‘गठबन्धन नहुँदा मोरङमा केही स्थान हामीले लुज गर्यौं तर देशव्यापी रूपमा हेर्दा गठबन्धन नभएकै ठाउँमा हामीले धेरै जितेका छौं’।

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *