‘आंशिक लकडाउन हुनसक्छ, सबै सतर्क रहनुहोला’:-नेपाल सरकार

National News News

The Mirror Desk

देशभरि कोरोन भाइरसको प्रकोप बढिरहेको समयमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभर लक-डाउन नगर्ने बताएका छन्। लकडाउन कोरोना भाइरसको संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए।

बालुवाटारमा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं, अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै हो र हुनेछ’।

अझै स्पस्ट पर्दै मन्त्री ज्ञवालीले भने, ‘लक-डाउनले एकछिनलाई कोरोना भाइरसको चेन ब्रेक मात्रै गर्छ, यो आफैंमा अन्तिम समाधान होइन, भर्खर–भर्खर उठन थालेको अर्थतन्त्र र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ, त्यसो भएको हुनाले अति प्रभावित ठाउहरुमा लक-डाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन’।

उनले सबैमा सचेत रहन पनि विशेस आग्रह गरे।

[ref-online-khabar]

At Last Watch This Video…

DHURMUS…

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *