आइपीएल अक्सन लिस्टमा नेपालबाट सन्दीप मात्र, न्यूनतम् मूल्य ४० लाख भारु

Cricket Sports

The Mirror Desk,

काठमाडौँ, आइपिएल २०२१ को अक्सनमा नेपालबाट बलर सन्दीप लामिछाने मात्र छानिएका छन्। सन्दीपसहित ८ खेलाडीले नेपालबाट अक्सनका लागि नाम दर्ता गराए पनि आइपीएलका लागि हुने अक्सन लिस्टमा सन्दीपको नाम मात्र परेको जनाईएको छ। आगामी १८ फेब्रुअरीमा हुने आइपीएल अक्सनमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गर्दै बीसीसीआईले यसमा नेपालबाट सन्दीप मात्र अटाएको जानकारी दिएको हो। जसमा सन्दीपले आफ्नो मूल्य ४० लाख भारू राखेका छन्।

यसअघिका तीन संस्करण सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर सन् २०२० मा पुरै खेलमा बेन्चमा राखेको दिल्लीले सन्दीपलाई तीन वर्षे सम्झौता अनुसार फुकुवा गरेको थियो । नेपालका ८ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपबाहेक ७ मा सात जना अन्तिम अक्सन लिष्टबाट हटाइएका छन्। दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराको नाम अक्सन लिस्टमा भने अटाएको छैन।

[ref-setopati]

अन्तमा यो भिडियो पनि हेर्नुहोस है…

सम्झनाको प्रश्नको उत्तर दिन नसकेपछि नारायणकाजी एक्कासी रिसाए…

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *