The Mirror Desk,
जर्मनीका एक पाइलटले आकाशमा उड्दा उड्दै कोरोन भाइरसको सुई बनाएर सबैलाई चकित बनेका छन्। १९ वर्षीय ति पाइलट सामी क्रामेरले जहाजको हिडिरहेको आकाशको बाटोलाई पछ्छाउदै मोड्दै गरी कलात्मक रुपमा आकाशमा निकै ठूलो आकारको सुईको आकार निर्माण गरे।
कोरोना भाइरसविरुद्ध युरोपमा खोप अभियान सुरु भएको कुरा मानिसहरुलाई जानकारी गराउन भन्दै उनले सो कलात्मक तरिका अपनाएका हुन्। उनले अहिले मानिसहरु खोप लगाउने कुरामा आनाकानी गरिरहेका हुनाले त्यसलाई निरुत्साहित पार्न र खोप अभियानमा सहयोग गर्न आब्हान गर्ने हेतुले सो कार्य गरेको जनाएका छन्। सो आकृतिको लम्बाई ७० किलोमिटर रहेको छ।
दक्षिण जर्मनी कन्स्टेन्स ताल माथिको आकाशमा उनले बनाएको सुई आकारको फ्लाइट राडार २४ ले सार्वजनिक गरेको छ। आकाशमा बनाउने सुईको रुपरेखा उनले जहाज उडान भर्नु अगाडि नै जिपिएस मेसिनमा तयार पारेर सबै योजना बनाएका थिए।
उता जर्मनीले गत आइतबारदेखि औपचारिक रुपमा कोभिड–१९ को खोप लगाउन सुरु गरेको छ। बिहीबारसम्ममा १३ लाख डोज खोप वितरण गरिने र जनवरीदेखि हरेक हप्ता ७ लाख नागरिकलाई भ्याक्सिन लगाउने योजना जर्मनीको छ।
स्मरण रहोस केहि महिना अगाडी रुसमा एकजना पाइलटले यात्रुवाहक हवाई जहाज उडाइरहँदा जहाज उडानको बाटो घुमाउँदै आकाशमै यौनांगको चित्र बनाएका थिए।
[ref-yahoonews]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–
very creative way to motivate people to use corona vaccine. Lots of respect to this smart pilot. the world will remember you for ever.
Thank you so much sir for your valuable comment. Please keep on loving like this all the time.