nepali train

आगलागीबाट झन्डै जोगियो एक मात्र नेपाली रेल

National News News

The Mirror

नेपालको एक मात्र रेल आगलागी हुनबाट झन्डै जोगिएको छ।

बिहीबार दिउँसो ३ बजेर १६ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउदै गरेको रेल जगनगरको १ नम्बर गेटबाट निस्केको केहि बेरमै रेलको एउटा डिब्बाबाट धुँवा निस्किएको थियो।

उक्त डिब्बाको सामान राख्ने र्‍याकमा राखेकोे एसिड पोखिएपछि धुवाँ निस्किन थालेको नेपाल रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले बताए। धुवाँ निस्के पछि उक्त धुवाँलाई तत्कालै नियन्त्रणमा लिइएको थियो।

धुवाँलाई नियन्त्रणमा लिएपछि झाले भने, ‘ठूलो क्षति हुनबाट जोगिएको छ, प्रहरी तथा रेल्वे कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि आगलागी भएन, नभै ठूलै क्षति हुने अवस्था थियो’

धुवा निस्केर आगलागी हुने सम्भावना देखिएपछि यात्रुबीच भागाभागको स्थिति बनेका थियो।

रेलभित्र पोखिएको एसिड बोकेर एक जना पुरुष फरार भएका छन। सोही डिब्बामा ५ किलोको सानो ग्यास सिलिण्डर पनि राखिएको थियो। रेलमा एसिड ग्याँस जस्ता प्रज्वलनशील पदार्थ लिएर यात्रा गर्न पाइँदैन।

एकै सिटमा बसेका दुई महिला र एक पुरुषमध्ये पुरुष भागेपछि शंकाको आधारमा दुई जना महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिई नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ। यसबारे थप अनुसन्धान भइरहेको महाप्रबन्धक झाले बताए।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *