CP Gajurel

‘आगामी निर्बाचन अघि नै ओली र प्रचण्ड मिल्छन’:- सिपी गजुरेल

National News News

The Mirror

माओवादीका अध्यक्ष प्रचण्डले एमालेलाई जस्तै काग्रेसलाई पनि ठेगान लगाईदिने अभिव्यक्ति दिएपछि राजनितीक वृत तरंगित भइरहेको छ।

ठिक यहि बेलामा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड मिल्न सक्ने खुलासा गरेका छन।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक समेत रहेका सिपी गजुरेलले आगामी निर्बाचन अघि नै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड मिल्न सक्ने बताएका हुन्।

ओली र प्रचण्ड मिल्न सक्छन् भन्ने प्रधानमन्त्री देउवाले पनि राम्रोसंग बुझेको ठोकुवा उनले गरे।

ओली र प्रचण्ड मिल्न सक्ने सम्भावना नजिकबाट देखेर नै प्रधानमन्त्री देउवा नमज्जासँग तर्सिएको दाबी पनि गजुरेलले गरे। त्यहि कुरालाई मध्येनजर गरेर प्रधानमन्त्री देउवा जती सक्दो छिटो चुनाव गर्ने दाउमा रहेको पनि उनले बताए। गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने पक्षमा रहेको पनि उनले दाबी गरे

प्रचण्ड संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने होकि भन्ने डरले पनि प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो सम्पन्न गराउने पक्षमा रहेको तर्क गजुरेलले गरे।

गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको जिकीर गरे। सरकारले चुनाव जिताउनका लागि १५ प्रतिशत तलव वृद्धि गरेर कर्मचारीहरुलाई ‘घुस’ दिएको उनको जिकीर थियो।

अध्यक्ष गजुरेलले भारतीय विद्युतीय गाडी कम्पनीहरुसँग कमिशन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीको संचालनमा जोड दिने गरी बजेट ल्याएको आरोप समेत लगाए।

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *