Maoists first party in upcoming elections

‘आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी’:- प्रचण्ड

Breaking News National News News

The Mirror Desk

माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्।

दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरेका हुन्।

उनले विगत स्मरण गर्दै भने, ‘हामीले जनयुद्ध सुरु गर्दा र शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर हामीलाई कसैले पत्याएका थिएनन्, विपक्षीहरुले बन्दुक देखाएर दुई/चार सिट ल्याउँछ भन्थे’।

प्रचण्डले माओवादी पार्टी निर्माण र रुपान्तरणको अभियानतिर अगाडि बढेको पनि बताए।

उनले भने, ‘यो ८/१० वर्ष हामीले अरुलाई गाली गरेर बिताएछौं, अब आफैंलाई गाली गर्न थालौं, ‘मैले बिगारेँ, म सच्चिनपर्छ भन्नेबाट सुरु भयो भने यो पार्टी बन्छ’।

प्रचण्डले माओवादी पार्टी मित्रहरूको खोजीमा रहेको भन्दै अहिलेको गठबन्धन अर्को निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे। ‘हामी मित्रहरुको खोजीमा छौं,’ उनले भने, ‘यही गठबन्धनलाई अगाडि दुई तिहाईको सरकार बनाउने अवसरबाट हामी टाढा भएका छैनौं ।’

गठबन्धन अगाडि नबढे सडक आन्दोलनमा जाने विकल्पमा अगाडि बढ्ने उनले संकेत गरे। ‘यो विकृत प्रणालीलाई बदल्नको लागि हामी सडकमा जानुपर्ने पनि हुनसक्छ,’ उनले भने, ‘हामीले संवाद, सहकार्य र सहमतिको पक्षलाई पनि जोड दिइरहेका छौं।

[ref-onlinekhabar]

अन्तमा यो पनि हेर्नुहोस

Video – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *