‘आङ सान सु की’ सेनाको हिरासतमा, सैनिक ‘कु’ को आशंका

International News News

The Mirror Desk,

काठमाडौँ, म्यानमारमा ‘नेसनल लिग फर डेमोक्रेसी’ (एनएलडी)की सर्वोच्च नेता ‘आङ सान सू की’ लाई त्यहाँको सेनाले नियन्त्रमा लिएको छ। सु कीको पार्टीले एक वक्तव्य जारी गर्दै यसको बारेमा जानकारी दिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनलाई आफ्नै निवासबाट पक्राउन गरिएको हो। सेनाले सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत पक्राउ गरेको अन्तर्राष्ट्रिय संचारमध्यमहरुले जनाएका छन। केहि समयदेखि म्यानमारमा सेनाले ‘कू’ गर्न सक्ने कुरा सबैले बताउदै आएका थिए।

सेना प्रमुख

गत नोभेम्बरमा भएको चुनावमा सु कीको पार्टीले अत्याधिक मतसहित विजयी हासिल गरेको थियो । तर सेनाले भने उक्त चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो। सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको छ। राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ भने राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *