एउटा सार्बजनिक कार्यक्रममा प्रधानमत्रीले प्रचण्डमाथी लगाएका मुख्य ६ आरोपहरु

National News News

The Mirror Desk,

काठमाडौँ, विभाजित सत्तारुढ दल नेकपाका नेता देखि कार्यकर्ता सम्मले एक अर्कालाई सकेसम्म गाली र बेइजति गर्ने गरी निकै तल्लो स्तरमा झरेर बदनाम गरिरहेका छन्। यो दुवै समुहले गरिरहेका छन् र एक अर्का बिरुद्ध आगो ओकलिरहेका छन्।अहिले दुवै समुहले आ-आफ्नो गुटको भेला गरिरहेका छ।

यसै क्रममा प्रधानमन्त्री ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा उनले प्रचण्डलाइ विभिन्नखाले शब्द र आरोपको प्रहार नै गरे सो निकै चाख लाग्ने खालका पनि छन्। यी आरोप वा डाइलगहरु ६ बुंदामा हेर्नुहोस।

१) प्रचण्डले माधव नेपाललाइ सामान्य कार्यकर्ताको रुपमा आफ्नो समुहमा लागे:- प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल प्रचण्डको एक सामान्य कार्यकर्ता भएर सो समुहमा गएको तिखो टिप्पणी गरेका छन्। नेपाल प्रचण्डको एक भोटे कार्यकर्ता मात्र भएको दाबी गरे। त्यो बाहेक सो समुहमा नेपालको कुनै हैसियत नभएको बताए। उनले भने, ‘’माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो”।

२) हामीहरु अघि-अघि बढिरहेउ प्रचण्डहरु पछि-पछि पर्नुभयाे:- प्रधानमन्त्रीले अब आफुहरु धरै अघि बढेकाे र ‘प्रचण्ड-नेपाल’ समूह धेरै पछाडी परेकाे बताए। उनले आफ्नो अग्रगमन र गतिको डुंगा अगाडि बढेको र अब पछाडी नफर्किने बताए।

३) आफ्नो छोरीलाई मेयरमा जिताउन नसकेपछि मतपत्र च्यात्न लगाउनुभयो:- आफ्नी छोरीलाइ मेयरमा जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाउनु भयो र कृतिम जित हात पर्नु भो। उहालाई राम्ररी थाहा थियो कि कांग्रेससँग मिलेर पनि छोरी जिताउन गाह्रो छ, त्यसकारण मतपत्र च्यातेर धुजाधुजा पार्नुभयो।

४) सत्ता पाएपछि प्रचण्डले हिजाेका घाइते, अपांगहरुकाे मतलब गर्नुहुन्न:-  आफु र आफ्नो परिवारलाई सत्ता र भत्ताको राम्रो ब्यबस्था गरेपछि प्रचण्डले आफुलाई यो अबस्थामा पुराउने हिजाेका घाइते, अपांग र सहिद परिवारहरुकाे मतलब गर्न छोड्नु भयो। उनिहरु अहिले कस्ताे अवस्थामा छन् उहालाई केहि मतलब छैन।

५) प्रचण्डलाई धुँदाधुँदा साबुनका धेरै डल्ला र ड्रमका ड्रम पानी सकियो:- उनले प्रचण्डलाई जति फकाएपनि नसकेको बताए। उहाँलाई धुँदाधुँदा साबुनका धेरै डल्ला सकिए तर सकिन। प्रचन्डको ध्यान जहिल्यै पनि कसरी पार्टी र सत्ता कब्जा गर्ने भन्ने मात्र रहेको उनले आरोप लगाए। ‘साबुन लायो, पखाल्यो जस्तोको तस्तै’ उनले हँसाए।

६) उहासँग गरेको सम्झौता र सहमतिले मेरो एउटा ब्रिफकेशनै भरिएको छ:- ओलीले भने, ‘उहासँग थुप्रै सम्झौता गरिसकेकाले कति सम्झौता मात्र गरिरहने’ भन्दै प्रश्न गरे। कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै राख्नुभएको हो र मैले हुन्छ भनिदिएको मात्र हो, अनि फेरि भोलिपल्ट ‘मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो’।

प्रधानमन्त्रीले प्रचण्डलाई इंगित गर्दै भने, ‘बाँदरकाे माया लागेर घरमा ल्याएको, घरै भत्कायो’।

[ref-lekalionline]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *