Who will be the new Prime Minister of Nepal'?

‘आज देशले नयाँ सरकार पाउँदै, को होला नयाँ प्रधानमन्त्री’?

National News News

The Mirror Desk

देश नयाँ सरकार पाउने संघारमा छ। केपी ओलीको सरकारले संसदबाट विश्वास गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दलहरुलाई गठबन्धन सरकार बनाउन दिएको तीन दिनको समय आज बिहिबार राति ९ बजे सकिँदै छ।

यदि दलहरु गठबन्धन सरकार बनाउन असफल भए पनि विहीबारै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने भएकाले देशले विहीबारै नयाँ सरकार पाउने लगभग पक्कापक्की जस्तै छ।

यी सबै भेटघाटका बीच बहुमतको सरकार बनाउन सबैभन्दा अनुकुल वातावरण एमालेलाई भए पनि उसले भने सरकार बनाउने कुनै पहल गरेको छैन। किनकी विपक्षीहरुको बहुमत नपुगे ओली नै पुनः प्रधानमन्त्री बन्ने भएकाले एमालेले बहुमतीय सरकारका लागि पहल नगरेको विश्लेषण गरिएको छ।

विपक्षी गठबन्धनलाई जनता समाजवादी पार्टीको एक समूह महन्थ ठाकुर समूहले साथ नदिने भएपछि अब एमालेकै अर्को समूह माधव नेपाल समूहले के गर्छ? भन्ने चासो बढेको छ।

विपक्षी दलहरुको गठबन्धनले काँग्रेस सभापति शेरबाहादुर देउवलाई प्रधानमन्त्री बनाउने प्रयास जारी राखेपछि विहीबार बिहानसम्म कुनै नतिजा निस्केको छैन्। विपक्षी गठबन्धनले बहुमत जुटाउन नसक्दा एमाले अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुने सम्भावना बढ्दै गएको छ।

[ref-dcnepal]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *