nepal banda

आज बिप्लाबको नेपाल बन्द, कहाँ कहाँ के के भयो हेर्नुहोस?

National News News

The Mirror

आज विप्लब सहित चार कम्युनिष्ट पार्टीको नेपाल बन्द शान्ति पूर्ण रुपमा भै रहेको छ। खासै ठुलो घटना भएको छैन।

दाङको घोराही–लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो।

बिहान साढे ४ बजेतिर उक्त टिपरमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

प्रहरीले टिपरका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।

चालक राप्ती गाउँपालिकाका २८ बर्षीय अरुण चौधरी र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको उनले बताए।

चालक र सहचालकले पाँच जनाको समूहमा आएका बन्दकर्ताले टिपर आगो लगाएर भागेको बताएका छन्। तर प्रहरीले घटना शंकास्पद रहेको बताएको छ। उक्त टिपर बिग्रेर मर्मत गर्न दुई दिन अघि मात्रै ग्यारेजमा लगिएको थियो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चालक र सहचालकले टिपरमा आगजनी भएको खबर प्रहरीलाई नदिएको बताए। ‘अर्कै गाडीका चालकहरूले प्रहरीलाई खबर गरेका हुन्,’ उनले भने।

चालकले टिपर धनीलाई पनि जानकारी नदिई टिपर देउखुरीस्थित आफ्नो घरतिर लैजान खोजेको पाइएको प्रहरीले बताएको छ।

आगजनीबाट टिपरको अगाडिको भाग जलेको छ। आगजनी भएको खबर पाउना साथ प्रहरी घटनास्थल पुगेको थियो।

यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आफूहरूले शान्तिपूर्ण ढंगले बन्द गरेको बताए। टिपर आगजनीको कुनै कार्यक्रम नरहेको उनले दाबी गरे।

प्रहरीले तुलसीपुर र घोराहीबाट आठ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले बाटोमा अवरोध राखेर बन्द गरिरहेको अवस्थामा चार जना बन्दकर्तालाई नियन्त्रणमा लिएको हो।

हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई नियन्त्रणमा लिएको उनले बताए।

त्यस्तै तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले बताए।

सवारी साधन सञ्चालनमा अवरोध गर्ने, धम्काउने गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ।

त्यसै गरी चितवनमा प्रहरीले स्कटिंग गरेर ठुला बस र मालबहाक ट्रकहरुलाई नारायणगढबाट पूर्व तर्फ लागेको छ।

विभिन्न चोकमा प्रहरीहरु परिचालन भएको देख्न सकिन्छ।

बाँकी अपडेटको लागी हामी संगै रहनु होला।

[ref-setopati]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *