Vidyadevi Bhandari has started the process of forming a new government

‘आज ५ बजेसम्म मलाई नयाँ प्रधानमन्त्री चाहियो’:- राष्ट्रपति भण्डारी

National News News

The Mirror Desk

प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा (४) बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) वमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन्।

राष्ट्रपतिले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र प्रधानमन्त्रीको अनुरोधका आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ।

विपक्षी गठबन्धनले भोलि साँझसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पेश गर्नुपर्ने हुन्छ। जुन प्रयास यसअघिनै असफल भएर ओली नै प्रधानमन्त्री नियुक्त भएका थिए।

यदि राष्ट्रपतिले दिएको समयभित्र बहुमतको आधार प्रस्तुत गर्न नसकेमा प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुनेछ र केपी ओली कै नेतृत्वमा मुुलुकमा नयाँ निर्बाचन हुनेछ।

राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।

अहिलेसम्म जसपाको महन्थ ठाकुर पक्ष तटस्थ नै छ।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *