The Mirror Desk,
काठमाडौँ, आफुलाई कुटपिट गरेको भन्दै नायिका सुष्मा कार्कीले युट्युवर उत्सव रसाइली र नायीका स्वेता खड्काकी बहिनी आरती खड्काका विरुद्ध महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन्। सोमबार काठमाडौंको लन्डन पबमा आफुमाथि कुटपिट भएपछि राति नै गैर प्रहरीमा उजुरी गरेको उनले बताइन्। सुष्माले भनिन, ”युट्युवर उत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा केहि भनाभन भएको थियो ठिक त्यही बेला २ जना केटाहरु आएर मलाई अपशब्द प्रयोग गरे फेरि अनी तेही बेलामा श्वेता खड्काकी बहिनी आरतीले पछाडिबाट कपाल लुछिन्, मसँग भिडियो फुटेज पनि छ”।
उनी उक्त पबमा भएको बेलामा अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्रसिंह राउत र बहिनी आरती खड्का पनि त्यही थिए। प्रहरीमा उजुरी दिन पबबाट निस्कने क्रममा श्वेताले पनि आफूविरुद्ध अपशब्द प्रयोग गरेको सुस्माले बताइन।

महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले भने, ”सोमबार राति नै हातपात गरेको भन्दै कार्कीले निवेदन दिएकी छन्, आरती खड्कासँग उहाँको सामान्य विवाद भएको रहेछ, ‘उजुरीमा सामान्य हातपात भएको उल्लेख गर्नु भएको छ, ‘हामीले दुई पक्षलाई छलफलका लागि बोलाएका छौं”।
यो बिषयमा युटुबर उत्सव रसाइलीले फेसबुक स्टाटसमा भनेका छन, ”हामीले रमाइलो गरिरहेका थियौं, एक्कासि उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो, मलाई पनि त कामी यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो, म हिजो पाहुनाको रुपमा त्यहाँ गएको थिएँ ममाथि दुर्व्य’वहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो, त्यसरी दुर्व्यवहार गरेपछि आरतीजीले एक झापड हान्नु भएको हो”।
[ref-kantipur]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon