आफुलाई अनुशासनको कारबाही गर्ने पार्टीको निर्णय पछि ओलीले आफ्नो पक्षका सांसदलाई बालुवाटार बोलाए

National News

काठमाडौँ, पछिल्लो राजनैतिक घटनाक्रम पछि नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ। त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले सरकारको संसद विघटनको कदम अस्वीकार गर्नुका साथै उक्त कदम आत्मधाति भएको जनाइएको छ। सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय लिइएको हो। सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नु पनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको श्रेष्ठले बताए।

सो घटनाक्रम पछि प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफ्नो पक्षका सांसदहरूलाई बालुवाटार बोलाएका छन्। उनले आफ्नो पक्षका सबै सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएको बताइएको छ। संसद विघटन गरेपछिको अवस्था बुझ्नका लागि प्रधानमन्त्री ओलीले सांसदहरूलाई बालुवाटार बोलाएको एक सांसदले बताए। राष्ट्रियसभाका आफू निकट सांसदहरूलाई पनि उनले बोलाएको जानकारी छ। उनले सबैसंग छलफल गर्नुका साथै आगामी निर्बाचन को तयारीमा लाग्न निर्देशन दिने अपेक्ष्या गरिएको छ।

ref-kantipur

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *