baburam

‘आफ्नै घरमा हारे डाक्टर बाबुराम भट्टराई’

National News News

The Mirror

गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन र उपमेयरमा वन्दना पाण्डे निर्वाचित भएका छन।

माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दिएका अजय ६ हजार ७२ मतका साथ र उपमेयरमा वन्दना पाँच हजार पाँच सय ७९ मतका साथ विजयी भएका हुन।

विवशले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा तीन सय ५५ बढी मत पाए भने नेकपा एमालेको समेत साथ पाएका गुरुङले पाँच हजार सात सय १७ मत प्राप्त गरे।

यस्तै उपमेयरमा विजयी वन्दनाले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठको भन्दा पाँच सय दुई मत बढी पाए। श्रेष्ठले पाँच हजार ७७ मत प्राप्त गरे।

पालुङटारमा कांग्रेससँग गठबन्धनको योजना सफल हुन नसकेपछि जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो।

मेयरमा एमालेले जसपालाई सघाउने र उपमेयरमा जसपाले एमालेलाई सघाउने सहमति भए पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रसँग पराजित भए।

[ref-ujyaaloo]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *