आफ्नै छुट्टै ‘सोसल मिडिया’ प्लेटफर्म खोल्ने तयारीमा पूर्व रास्ट्रपती डोनाल्ड ट्रम्प

Business Science & Technology

The Mirror Desk,

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार जेसन मिलरले दिएको जानकारी अनुसार पूर्व रास्ट्रपती ट्रम्पले आफ्नै ‘सोसल मिडिया प्लेटफर्म’ ल्याउने तयारी गरिरहेका छन्।

अबको करिब तीन महिनापछि पूर्वराष्ट्रपति ट्रम्पलाई आफ्नै प्लेटफर्म मार्फत ‘सोसल मिडिया’ देख्न पाइने कुरा उनले फक्स न्युजलाई बताए।

सल्लाहकार मिलरका अनुसार ट्रम्पले ल्याउने नयाँ ‘सोसल मिडिया प्लेटफर्म’ को नाम भने अहिले सम्म सार्बजनिक गरिएको छैन तर पनि मिलरले उक्त ‘सोसल मिडिया’ निकै ठूलो हुने बताए।

यसअघि फेसबुक, ट्विटर र गुगल सहित प्राय सबै जसो सोसल मेडियाले ट्रम्पको एकाउन्टमा प्रतिबन्ध लगाएका थिए। गत जनवरीमा अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र ट्विटरले आक्रमणमा उनको हात रहेको र बारम्बार गलत समाचार प्रकाशित गरेर सामाजिक सदभाब खल्बलाएको आरोप लगाउदै ट्रम्पको एकाउन्टमा प्रतिबन्ध लगाएका थिए। युटुबले पनि गलत समाचार भन्दै कयौं भिडियोहरु आफ्नो प्लेटफर्म बाट हटाएको थियो।

अहिले ट्रम्प सोसल मेडिया बिहिन भएर बसिरहेका छन। ट्रम्पले सबै भन्दा धेरै ट्विटर प्रयोग गर्ने गर्थे र ट्विटरमा मात्र उनका ९ करोड फलोअर्स थिए।

[ref-Binsider]

जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’

उनले बोलेको कुरा यो भिडियोमा

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *