आफ्नो अध्यक्ष पद निर्बाचन आयोगले ‘अबैधानिक’ भनेपछि माधव नेपाल तनावमा

National News News

The Mirror Desk,

काठमाडौँ, सत्तासिन दल नेकपा को बिभाजन पछि दुवै समूह आ-आफ्नो आधिकारिकताकप लागी छुट्टा-छुट्टै दाबी गर्दै निर्बाचान आयोग पुगे। त्यसपछि ‘प्रचण्ड-नेपाल’ समुहले प्रधानमन्त्री तथा अध्यक्ष के पी ओलीलाई अध्यक्ष बाट हटाएर माधब नेपाललाई चयन गर्यो। त्यसपछि थुप्रै निर्यणहरु आफ्नो आफ्नो तर्फबाट भए र अहिले पनि भाईरहेका छन्।

तर हिजो मात्र निर्बाचन आयोगले दुवै पक्षलाई आधिकारिकता दिन अस्विकार गरेको छ। आयोगले सो कुरा अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने सो समुहका अध्यक्ष माधव नेपाललाई परेको छ भने बैधानिकता नपाउने निर्णय सुनाईदिएपछि उनको अध्यक्ष पद पनि खोसिएको छ। आयोगले नेता नेपाललाई अध्यक्षका रुपमा नचिन्ने बताएको छ। नेकपा गठन भएदेखी नै अध्यक्ष हत्याउन नेपाल निकै सक्रिय रहेका थिए।

पछिल्लो समय प्रचण्डको प्रधानमन्त्री, नेपालको अध्यक्ष र झलनाथ खनालको रास्ट्रपति बन्ने तिब्र चाहानाका कारण सो पार्टी अनौपचारिक रुपमा विभाजीत भएको छ। तर पनि आयोगको पछिल्लो निर्णयसँगै नेताहरु नेपाल र खनालको सपनामाथी ब्रजपात भएको छ।

[ref-0nlinemarg]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *