Min Bishwokarma

‘आरजु राणा अबको प्रधानमन्त्री’:- काँग्रेस नेता

National News News

The Mirror

अबको प्रधानमन्त्रीमा देउवा पत्नी आरजु राणाको चर्चासंगै प्रचण्ड ओझेलमा परेका छन।

कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अबको प्रधानमन्त्री प्रचण्ड नभएर आरजु राणा भएको दाबि गरेका छन।

काठमाण्डौकाे रिपाेर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा आरजु भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको दाबी पनि गरे।

उनले भने, ‘प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होइन, तर अहिले यस्तो सहमति भएको छैन, यो सबै अफवाह हो, कुन दलको प्रतिनिधि सभामा सिट सङ्ख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ’।

उनले थपे, ‘नेतृत्वको सवालमा दलहरूबीच अर्को चरणमा छलफल हुन्छ, अहिले प्रचण्ड र आरजुले सरकार नेतृत्वको गर्ने भन्नेबारे सहमति भयो भन्ने कुरा आयो, यो झुठो हो, आरजु दिल्लीमा हुनुहुन्थ्यो । प्रचण्ड भारत भ्रमणमा जानुभएको थियो, त्यति बेला उहाँ आरजुको स्वास्थ्य लाभको कामना गर्न जानुभयो’।

उनले भने, ‘डा. आरजु उदीयमान नेता हो, प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? प्रचण्ड पटक पटक प्रधानमन्त्री भैसक्नु भएकोले अबको पालो आरजुको हुनु स्वाभाविक हो’।

नेता विश्वकर्माले चुनावमा फलानो दलको फलानो नेता प्रधानमन्त्री बन्ने भनेर अहिले नै उम्मेदवार तोकेर जाने अवस्था नभएको बताए।

[ref-ujyaaloo]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *