Gautam Buddha-Cricket Stadium Chitwan

आर्थिक संकटका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण रोकियो

National News News Sports

The MIrror Desk

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आर्थिक संकटका कारण रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको हो। उधारो आर्थिक व्ययभार बढ्दै गएको र सरकारबाट कुनै पनि आर्थिक सहयोग नभएकाले निर्माणको काम रोक्नु परेको उनले बताए।

फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘भीआईपी प्याराफिट बनाउने काम गरिरहेका थियौं, चल्नै नसक्ने अवस्था आयो र अहिले काम रोकिएको छ, चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्यौं, जनस्तरबाट रकम उठ्ने सम्भावना छैन, सरकारले पनि दिँदैन, कहाँबाट कामलाई जारी राख्ने’?

अध्यक्ष कट्टेलका अनुसार रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको छ। तीन हजार दर्शकले हेर्न मिल्ने पहिलो चरणको प्याराफिटको काम भई सकेको छ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन भनेर २०७६ माघमा गरिएको महायज्ञमा ६९ करोड ४५ लाख ५६ हजार रकम उठेको घोषणा तत्कालीन समितिले गरेको थियो तर कबोल गर्नेहरुले अहिलेसम्म जम्मा २० करोड २५ लाख रुपैयाँ दिएका छन्। अरु रकम उठाउने विषयमा निरन्तर फलो गरे पनि उनीहरुले रकम नदिँदा रंगशालामा आर्थिक संकट परेको हो।

बोलेर पनि रकम नदिनेमा अहिलेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसमेत छन् । उनले ११ लाख ५१ हजार रुपैयाँ बोलेर अहिलेसम्म रकम दिएका छैनन्।

एलपी ग्यास उद्योगले १ करोड, पुरानो मेडिकल कलेजले २० लाख, चितवन मेडिकल कलेजले ६० लाख, माडी नगरपालिकाले ३० लाख र पोल्ट्री व्यवसायी महासंघले ५९ लाख ५० हजार रकम दिन बाँकी छ।

जिल्ला समन्वय समितिले २ करोड २२ लाख २२ हजार दिने भनेकामा ५० लाख ९२ हजार ८ सय रुपैयाँ मात्रै दिएको छ भने बाँकी रकम दिन बाँकी छ । प्रदेश सरकारले ३० करोड दिने भनेकोमा ३ करोड मात्रै दिएको छ।

भरतपुर महानगरपालिकले १६ करोड ७५ लाख बोलेकोमा जम्मा ८ करोड मात्रै र रत्ननगर नगरपालिकाले १७ लाख दिने भनेकोमा ९ लाख ८५ हजार रुपैयाँ मात्रै दिएका छन् । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष थप २ करोड दिने जनाएको छ।यस्तै, समाजका प्रतिष्ठित व्यापारी, ठेकदार, समाजसेवी र उद्योगीहरुलेसमेत रकम दिएका छैनन्।

अध्यक्ष कट्टेलले महायज्ञमा बोलेको रकममात्रै केही दिएपनि तत्कालका लागि संकट समाधान भएर थप २० करोडभन्दा बढीको काम गर्न सक्ने बताउँछन् । अन्यथा रंगशाला बनाउन कठिन हुने उनले बताए।

[ref-onlinekhabar]

अन्तमा यो पनि हेर्नुहोस

Video Credit – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *