The Mirror
अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा युगको अन्त भएको छ।
इंग्ल्यान्डका सफल एकदिवसीय कप्तान इयोन मोर्गानले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन।
इंग्ल्यान्डका कप्तान ३५ वर्षीय मोर्गानले १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट खेल जीवनबाट संन्यास लिने घोषणा गरेका हुन्।
सन् २००६ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनी इंग्ल्यान्डका सफल एकदिवसीय कप्तानमा पर्छन। उनले १३ शतक सहित इंग्ल्यान्डका लागि २२५ एकदिवसीय खेलमा ६९५७ रन बनाएका छन।
इंग्ल्यान्डबाट खेल्नुअघि उनले आयरल्यान्डबाट क्रिकेट खेलेका थिए। आयरल्यन्डबाट खेल्दा उनले एकदिवसीय खेलमा १ शतक बनाएका थिए।
उनले सन् २००६ मा आयरल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सन् २००९ देखि भने उनी इंग्ल्यान्डको टिममा आबद्ध भए।
उनले इंग्ल्यान्डका लागि १२६ एकदिवसीय खेलमा कप्तानी गर्दा ७६ खेलमा जित निकालेका थिए। सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि इंग्ल्यान्डले उनको कप्तानीमा घरेलु मैदानमा जितेको थियो।
इंग्ल्यान्डका लागि ७२ टी-२० खेलमा कप्तानी गर्दा उनले ४२ खेलमा जित हात पारेका छन।
[ref-setopati]
अन्तमा यो पनि…