इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन

International News News

The Mirror Desk,

लण्डन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन्। प्रमुख प्रतिपक्षी दल, आफ्नै मन्त्रिपरिषद् सदस्यहरू र युनियनको चर्को दबाबबीच उनले कोरोना नियन्त्रणको लागि भन्दै सोमबार साँझ लकडाउनको घोषणा गरेका हुन्। ८ मिनेट लामो टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री जोन्सनले करिब डेढ महिना अर्थात् फेब्रुअरीको मध्येसम्म लकडाउन हुनसक्ने बताए। इंङ्ल्यान्डमा देशव्यापी लकडाउन भएको यो तेस्रोपटक हो। सम्पूर्ण विद्यालय तथा कलेजहरु बन्द गरी मंगलबारदेखि अनलाइन कक्षा सुरु र परीक्षा स्थगित गरिने घोषणामा उल्लेख गरिएको छ ।

सम्बोधनमा प्रधानमन्त्रीले ‘की-वर्कर’ र कन्स्ट्रक्सनका कामदारबाहेक अरूसबैलाई घरमै बस्न आह्वान गरे। यहाँ कोरोना भाइरसको ‘नयाँ स्वरूप’ तीव्ररुपमा फैलिइरहेको छ। सोमबार मात्र २४ घण्टामा ५८ हजार ७ सय ८४ नयाँ संक्रमित थपिएका छन्। संक्रमित संख्या ५० हजार नाघेको यो लगातार सातौं दिन हो।

यहाँ फाइजर/बायोएनटेक र अक्सफोर्ड/एस्ट्राजेनेका कोभिड-१९ बिरुद्धका खोपहरु दिने काम रफ्तारमा अगाडी बढिरहेको छ।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *