KP OLi

‘इनफ इज इनफ, इट्स नट टोलरेबल’:-केपी ओली

National News News

The Mirror

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले ‘इनफ इज इनफ’ भन्दै सरकारको तिब्र आलोचना गरेका छन।

उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको र निश्चित घरानालाई लाभ हुने गरी करका दरहरु हेरफेर गरेको भन्दै उनले यसबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन।

सोमबार संसदलाई डेढ घण्टा लामो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा बर्तमान सरकारले देशकै विरुद्ध अपराध भएको बताए।

उनले आक्रोशित हुदै भने, ‘विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने छ, त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला? त्यस सम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुपर्‍यो’।

अर्थ मन्त्रालयले आइतबार मात्र सीसीटीभी फुटेजको रेकर्ड १३ दिन मात्र रहन्छ भनेकोमा पनि उनले प्रश्न गरे। उनको प्रश्न छ, ‘फुटेज हटाउने को हो? कसको आदेशमा ? किन ? कसले भनेको थियो १३ दिनमा डिलिट गर्न’?

यस्तो समितिलाई छाटो समय दिनुपर्ने र त्यसका आधारमा दोषीलाई कारबाही गरेर देशलाई थितिमा ल्याउनुपर्ने अध्यक्ष ओलीले बताए।

आफू प्रधानमन्त्री हुँदा कांग्रेसकै सांसदले ‘इनफ इज इनफ’ भनेर संसदमा भनेको स्मरण गर्दै ओलीले सम्बोधनको अन्त्यमा भने, इनफ एज इनफ त्यो बेला होइन, यो चाहिँ हो। ‘इनफ इज इनफ, इट्स नट टोलरेबल (यो सैह्य छैन) ‘।

उनले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का सम्बन्धमा कहिले के भयो भन्ने संसदलाई जानकारी दिन समेत प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन।

उनले भने, एसपीपीका सम्बन्धमा सत्यतथ्य के हो ? सम्माननीय प्रधानमन्त्रीज्यूले यस गरिमामय सदनलाई दिन आबस्यक छ, कसको हस्ताक्षर ? कसको निर्णय ? कसले सम्प्रेषित गर्‍यो ? सबै जानकारी दिनुपर्‍यो’।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *