gagan thapa

‘इम्बोस्ड नम्बरका नाममा सरकारले नागरिकलाई धम्क्याएको छ’:- गगन थापा

National News News

The Mirror

नेपाली कांग्रेसका सांसद गगन थापाले इम्बोस्ड नम्बर जडानका नाममा सरकारले नागरिकलाई तर्साउने काम गरिएको भन्दै आपत्ति जनाएका छन।

संसद बैठकमा बोल्दै थापाले महंगो र कम गुणस्तरको नम्बरको लागि सरकारले नागरिकलाई तर्साउने काम गरेको भन्दै तत्काल निर्णय नसच्चाए अवज्ञा हुन चेतावनी दिए।

थापाले प्रश्न गरे, ‘बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर अनुसार १६ महिनाभित्र इम्बोस्ड नम्बर लगाउनुपर्ने, नभए आर्थिक दायित्व सरकारले बोक्नुपर्छ, यसमा कमीकमजोरी जसले गर्यो त्यसले सजाय प्राप्त गर्ने होकी दुःख नागरिकले पाउने हो’।

उनले भने, ‘अबको १५ महिनामा २५ लाख सवारीसाधनमा जडान गर्नुपर्ने छ, दिनको पाँच हजार ५ सय कसरी सम्भव छ, दुई तीन कार्यालयले, राष्ट्रिय परिचयपत्र दिंदा नागरिकले सास्ती बेहोर्नुपर्यो, यो भन्दा धेरै सास्ती इम्बोस्डमा बेहोर्नुपर्छ, दिनरात नभनी लाइन बस्नुपर्छ’।

उनले संसदमार्फत माग गरे, ‘तत्काल पुनरावलोकन होस्, सस्तो पनि होस्, सबैभन्दा ठूलो कुरा नागरिकलाई सास्ती दिने काम नगरियोस्, यसलाई सजिलो बनाइयोस्, पूर्वाधार तयार गरियोस्, ‘जनशक्ति थपियोस, नागरिकले सस्तो र गुणस्तरको पाउनुपर्यो, जसले सरकारलाई मद्दत गर्नुपर्नेछ, उल्टो दण्ड दिएर एक महिनामा गर भन्ने सम्भव छ ? जबर्जस्तीलाई बन्द गरियोस, होइन भने नगारिकले अवज्ञा गर्नेछन, सरकारको मुख रातो हुन्छ’।

भारतमा भन्दा अत्याधिक महंगोमा शुल्क तिर्नुपर्ने अवस्था छ। यतिमात्रै होइन यो नम्बर रिड गर्ने प्रभावकारी उपकरणसमेत नेपालसँग नभएको बताइन्छ। यसैले लागतदेखि गुणस्तरसम्मै प्रश्न उठेका छन।

[ref-nepalwatch]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *