attack in nuclear power plant

‘इरानको एउटा शक्तिसाली परमाणु केन्द्रमा आतङ्ककारी आक्रमण’

International News News

The Mirror Desk,

इरानका एक परमाणु बैज्ञानिकले बताए अनुसार त्यहाको एउटा शक्तिसाली परमाणु केन्द्रमा आतङ्ककारी आक्रमण भएको छ। तर ती परमाणु बैज्ञानिकले उक्त आक्रमणमा कसको संलग्नता छ भन्नेबारे केहि पनि बताएनन।

इरानले हिजोमात्र युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको थियो। हिजो इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए। सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए।

तरपनि इजरेली सञ्चारमाध्यमले चाहिँ उक्त घटना इजरेली साइबर हमलाको परिणाम भएको बताएका छन। गत वर्ष पनि नाटान्ज भूमिगत परमाणु केन्द्रमा आगो लागेको थियो। गत वर्षको ‘आगो लागेको’ घटनालाई पनि अधिकारीहरूले साइबर हमलाको परिणाम भनेका थिए।

सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको हो।

[pic-thegurdian] Centrifuge machines in the Natanz uranium enrichment facility in central Iran. Photograph: Aeoi Handout/EPA

[ref-bbc]

Please, Watch This Video…

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *