काठमाडौं, हाम्रो देश कृषिप्रधान देश हो। हामी सम्पूर्ण नेपालीहरु कृषि पेसामा आधारित छौ र हामी केहि न केहि तरिकाले कृषिसंग जोडिएका छौ। तर सबैभन्दा दुखद कुरा ति किसानहरु जो सधैभरि खेतीपाती गरेर सबैको जिबनलाइ बाच्न सम्भब बनाइदिएका छन तिनिहरुनै सबै भन्दा पिडित छन्। उनीहरुको पिडा न राज्यले हेर्छ न त साहुहरुले हेर्छन। त्यस्तै उखु किसानहरुको पिडा यहाँ समेटिएको छ।
बर्सौ देखि पिडित उखु किसानहरुले फेरि आजदेखि काठमाडौंमा आन्दोलनको सुरु गरेका छन्। सरकार र उनीहरु बीच भएको सम्झौताको एक वर्ष पुग्नै लाग्दा पनि आफुहरुले पाउनु पर्ने रकम नपाएपछि देशभरबाट उखु किसानहरु काठमाडौं आएर आन्दोलन को सुरुवात गरका हुन्। गत वर्षको पुस १८ गते सरकार र उखु किसानहरुबीच ५ बुँदे सहमति भएको थियो। तर पनि हालसम्म बक्यौताको रकम नपाएपछि पिडित किसानहरुले फेरि आन्दोलनको सुरुवात काठमाडौँबाट थालेका हुन्। तर अहिले उनीहरूले आफ्ना मागहरु जस्ताको त्यस्तै पूरा नभएसम्म आन्दोलन नरोकिने कडा अडान लिएका छन्।
जिल्लामा धेरै पटक आन्दोलन र सम्झौता गरेपनि आफुहरुले पाउनु पर्ने रकम प्राप्त गर्न नसकेपछि उनिहरुले कात्तिक २३ गते उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टलाइ भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए। ५ बुँदे सहमति अनुसार किसानहरुलाई उखुको सबै भुक्तानी उखुमिलहरुले दिइसक्नुपर्ने सरकार र उनीहरुबीच सहमति भएकाे थियाे। तर एक वर्ष सम्म पनि उनीहरुले भुक्तानी नपाएपछि उखु किसान पुन: आन्दोलित हुन बाध्य भएका छन। माइतिघर मण्डलाबाट निकाश ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको चेतावनी उनीहरुले सरकारलाई दिएका छन।
आफुहरुलाई उखु मिलहरू र सरकार बाट निकै नै अन्याय भएको कुरा उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए। “जहाँ जहाँ सम्झौता गरेपनि कसैले कार्यान्वन गर्दैनन्, किसानहरुले रुनुपर्ने कस्तो कृषिप्रधान देश?, त्यसकारण अबको आन्दोलन वार कि पारको हुन्छ” रायले बताए।
चारवटा चिनी मिलहरुबाट मात्र उखु किसानहरुले करोडौं रुपैयाँ पाउन बाँकी छ। सरकारी तथ्यांकअनुसार पनि उखु मिलसँग किसानले अझै करिब ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्ने देखिन्छ।
रिपोर्ट अनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन बाँकी छ।[ref-natnl’medias]
आशु नथामिने तस्बिर हेर्नुहोस


















pic-social medias
For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…