Ujwal Thapa's health condition 'critical'

उज्वल थापाको स्वास्थ्य अवस्था ‘गम्भीर’

National News News

The Mirror Desk

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था झनै गम्भीर बनेको छ। थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा इक्मोको सहायताले उपचार भइराखेको छ।

थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ‘साझा पार्टी’ का अध्यक्ष रवीन्द्र मिश्रले स्वास्थ्यमा सुधार नआएको बताएका छन।

मिश्रका अनुसार डाक्टरहरुले सकेको प्रयास गरिरहेको भएपनि अवस्थामा कुनै सुधार आएको छैन।

मिश्रले फेसबुकमा भनेका छन, ‘‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ, डाक्टरहरूले सकेको गरिरहेका छन।

कोरोना संक्रमण पुष्टि भएपछि करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पतालमा उपचार असम्भव भएपछि थापा तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले भने, ‘हिजोदेखि उज्ज्वल दाइको स्वास्थ्य अवस्थामा सुधार भएको छैन, स्वास्थ्य अवस्था जटिल नै रहेको छ’।

[ref-annapurna]

यो भिडियो हेर्नुहोस

हिमानीको कति मिठो बोलि, कति राम्रो शब्द चयन

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *