उत्तर किरियाली नेता ‘किम-जङ-उन’ की पत्नी एक वर्षपछि सार्वजनिक कार्यक्रममा

International News News

The Mirror Desk,

लण्डन, उत्तर किरियाली नेता ‘किम-जङ-उन’ की पत्नी एक वर्ष भन्दा धेरै पछि सार्वजनिक कार्यक्रममा सार्वजनिक रूपमा देखा परेकी छन्। उनकी पत्नी री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्। प्राय आफ्ना पति किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने उनी गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन्।

उनी देखिन छोडेपछि उनी बिरामी भएको वा गर्भवती भएको हुन सक्ने अनुमान गरिएको थियो। दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै सांसदहरूलाई कोभिड-१९ को डरले सार्वजनिक कार्यक्रममा देखा नपरेको अनुमान गर्दै उनले सन्तानसँग समय बिताइरहेको हुनसक्ने बताएको थियो। उत्तर कोरियाले औपचारिक रूपमा कोरोनाभाइरस सङ्क्रमण भएको बताएको छैन।

रोडोङ सिन्मनका अनुसार नेता किम पत्नीसँगै साङ्गीतिक कार्यक्रम स्थलमा पुग्दा ठूलो स्वागत भएको थियो। तस्बिरहरूमा उनीहरू हाँसेको देखिनुका साथै मास्क र सामाजिक दूरी देखिएको छैन।

सरकारी सञ्चारमाध्यममा एक पटक फेरि उनलाई राष्ट्रपति लेखिएको छ र पहिले प्रयोग गर्ने गरिएका आधिकारिक पद सभापति प्रयोग गरिएको छैन। पहिलो पटक गत साता उत्तर कोरियाली समाचारसंस्थाले पहिलो पटक उनलाई राष्ट्रपति लेखेको थियो।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *