उत्तर कोरियाद्वारा अहिले सम्मकै ‘सबैभन्दा शक्तिशाली’ अत्याधुनिक हतियार सार्वजनिक [फोटो सहित]

International News News

The Mirror Desk,

काठमाडौँ, अमेरिकामा नयाँ रास्ट्रपतिले सत्ता चलाउन केहि दिन बाकि रहदा उत्तर कोरियाले एउटा अहिले सम्मकै शक्तिशाली भनिएको अत्याधुनिक हतियार सार्वजनिक गरेको छ। केहि दिन अगाडी उत्तर कोरियाली नेता किमले अमेरिकामा जो सत्तामा आएपनि ‘अमेरिका आफ्नो सबैभन्दा ठुलो सत्रु’ भएको बताएका थिए।

त्यसको केहि दिनपछि उसले अहिले सम्मकै ‘सबैभन्दा शक्तिशाली’ अत्याधुनिक हतियार सार्वजनिक गरेको खबर बाहिर आएको छ। उसले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक मिसाइल सार्वजनिक गरेको हो। उत्तर कोरियाली मिडियाहरुले त्यसलाई “संसारकै सबैभन्दा शक्तिशाली हतियार” भनेर वर्णन गरेका छन्।

सैनिक परेड कार्यक्रमलाइ अवलोकन गरिरहेका किमको ‘मुस्कुराउँदै अभिवादन’ गरिरहेको एउटा तस्वीर मिडियाहरुमा सार्वजनिक भएको छ। उत्तर कोरियाली मिडियाहरुले सार्बजनिक गरेको एउटा तस्बिरमा ठूलो आकारका ‘कालो-सेतो’ रङ्गका चारवटा मिसाइल प्रस्ट देख्न सकिन्छ।

“विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छ,” कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।

हेर्नुहोस केही फोटोहरु

मुस्कुराउँदै अभिवादन गरिरहेका किम
अवलोकन गरिरहेका किम

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *