North Korea successfully tests long-range cruise missile

उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज मिसाइलको सफल परीक्षण

Breaking News International News News

The Mirror Desk

उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाए अनुसार उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने छ।

परीक्षण गरिएका दुवै क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्थाले स्पस्ट पारेको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले गत जनवरीमा पदभार ग्रहण गरे लगत्तै पनि उत्तर कोरियाले क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो।

ब्यालिस्टीक क्षेप्यास्त्र र आणविक कार्यक्रमका कारण प्योङयाङमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ।

उत्तर कोरियासँग लामो समयदेखि कायम कूटनीतिक गतिरोधका विषयमा टोक्योमा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वसन्ध्यामा पछिल्लो परीक्षण गरिएको हो।

[ref-bbc]

अन्तमा बाबुराम भट्टराईको यो भिडियो पनि हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *