काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनुभएको छ। गत शनिबार सम्पन्न मतदानमा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्नुभएको हो। निर्वाचन समितिका अनुसार विजयी हुनुभएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाउनुभएको थिय। वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर निर्बाचनमा सहभागी भएका थियो।
त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी हुनुभयो। उहाँहरु दुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिनु भएको थियो। निर्बाचित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै ढकालले अब महासंघलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाउनुभयो। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ।