The Mirror Desk
नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक, संविधान र रास्ट्रियता विरोधी भएको भन्दै नेकपा एमालेका युबा नेता गोकर्ण विष्टले आक्रोश पोखेका छन्।
विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्य र खेदपूर्ण रहेको बताए।
विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन…
‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ’।
गत शुक्रबार मात्र नियुक्त भएका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै बहुराष्ट्र र बहुराज्य सञ्चालन गर्ने मुक्ति आन्दोलन जारी रहेको अभिव्यक्ति दिएका थिए। महतोको यो अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ।
गोकर्ण बिस्ट पूर्वमन्त्री समेत हुन्।
[ref-onlinehabar]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team