Election Commission of Nepal

‘उम्मेदवारी फिर्ता गराउने नाममा धाक धम्कीको हर्कत र राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग ‘

National News News

The Mirror

निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको छ।

चितवनको भरतपुर महानगरका स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण,राज्यमन्त्री उमेश श्रेष्ठ,पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटना सार्वजनिक भइरहेको बेला आयोगले यस्तो चेतावनी दिएको हो।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरू लोकतन्त्रमाथि आघात पुर्‍याउने र संविधान र कानुन विपरीत भएको स्मरण गराएको छ।

देशभरका पालिका प्रमुखमा ७५३ पद भए पनि गठबन्धनकै सहयात्रीबाट १८७९ जनाको उम्मेदवारी परेको छ, तर कांग्रेस र माओवादी शीर्ष नेतृत्वको सम्पूर्ण शक्ति भरतपुरमा केन्द्रित छ, स्वतन्त्रलाई बसाउन र नेताविशेषकी छोरीलाई मेयरमा जिताउन मन्त्रीहरु नै खटिएका छन। [यो समाचार कान्तिपुरमा छपिएको छ]

निर्बाचन आयोगको विज्ञप्तिको पूर्ण पाठ

[ref-kantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *