jagannath poudel

उम्मेदवारी फिर्ता लिन प्रचण्ड, देउवा र पौडेलको ठुलो दवाव, गृह मन्त्रीको घरमै बास

National News News

The Mirror

नेपाली कांग्रसका असन्तुष्ट कार्यकर्ताको तर्फबाट भरतपुरको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेल सत्ता गठबन्धनका निकै ठुलो चुनौती बनिरहेका छन् ।

पौडेलको उम्मेदवारीले प्रचण्ड र नेकपा माओवादी केन्द्र सबैभन्दा बढी आत्तिएका छन। त्यसकारण प्रचण्डले जसरी पनि उनको उम्मेदवारी फिर्ता गराउन कांग्रेस नेतृत्वलाई निरन्तर दवाव दिइरहेका छन्।

हिजो बेलुकी मात्र पाँच दलका शीर्ष नेताहरुले गठबन्धन भित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक काम गर्ने सहमतीमा हस्ताक्षर गरेका थिए।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क भरतपुर आएर करिब ५ घण्टा बसेर फर्किएका थिए। उनको उद्देश्य भरतपुरको मेयरको उम्मेदवार छोरी रेनु दाहालको विरुद्धमा उठ्ने बागीलाई फकाउनु थियो।

त्यस्तै सहमति लगत्तै नेता बालकृष्ण खाण भरतपुर आए। सभापतिका दूत बनेर ‘आवश्यक काम’ गर्न भरतपुर आएका खाणले बुधबार अपरान्हबाटै पौडेललाई फिर्ता गराउने कसरत थालेका छन्।

यसका लागि प्रचण्डले चितवन कांग्रेस सभापति र अन्य कयौं पदाधिकारीहरुलाई गोप्यरुपमा भेटेका थिए।

प्रचण्डको सन्देश बोकेर जिल्ला सभापति राजेश्वर खनाल, उपसभापति राजिव न्यौपाने, सचिव सूर्य अर्याल लगायतको टोली जगन्नाथ पौडेललाई भेट्न पनि गएको थियो।

कांग्रेसका शीर्ष नेताहरुले पनि पौडेललाई फिर्ता गराउन सक्दो प्रयास गरिरहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड र केही मन्त्रीहरुसँग कुराकानी भइरहेको छ।

पौडेलले भने, ‘राजनीतिक अवस्थालाई सहज तरिकाबाट अघि बढाउन, बाधा व्यवधान हटाउने विषयमा सहयोग गर्नुपर्‍यो भनेर शीर्ष नेताहरुले आग्रह गर्नुभएको थियो, मैले मेरो उम्मेदवारी एउटा स्वतन्त्र व्यक्तिको हिसावले दिएको हुँ, संबिधान प्रदत्त हकको प्रयोग गरेको हुँ भने’।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाँणले असन्तुष्ट कार्यकर्तालाई सम्झाउन चितवन आएको बताए।

एमाले भरतपुरमा रेनु दाहाललाई मन नपराउने कार्यकर्तालाई आफूतिर तान्न लागेको छ। अघिल्लो निर्वाचनमा नेकपा एकालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले असन्तुष्ट कांग्रेस कार्यकर्ताको पनि मत पाएका थिए।

‘यसपालि कांग्रेस कार्यकर्ताले दाहालको विकल्पमा आफ्नै पार्टीका नेतालाई भोट हाल्न पाउँदासम्म हामीलाई भोट दिन्नन् कि जस्तो लाग्छ,’ एमालेका एक नेता भन्छन्।

एमालेका उम्मेदवार विजय सुवेदी अहिले कांग्रेसका असन्तुष्ट कार्यकर्ताको मत तान्न निकै जोडतोडका साथ लागिरहेका छन।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *