‘एउटा सामान्य केटा जसले प्रधानमन्त्री ओलीलाई लात्ताले हानेर भाग्यो’

National News News

E.SHARMA

काठमाडौँ, सतारुढ दलको विभाजन संगै दुवै समूह एक अर्कालाई निकै तल्लो स्तरमा झरेर गाली गलौज गरिरहेका छन्। त्यसमा प्रधानमन्त्री ओली, प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल, रामकुमारी झाक्री र योगेश भट्टराई नै अग्रपंक्तिमा रहेका छन्। यस्ता नेताहरु कति छन् कति जसले रात दिन अर्कालाई गाली गरेर नै समय बिताइरहेका छन्।

यसै क्रममा शनिबार तीनकुनेमा भएको प्रदेश नम्बर-१ का अगुवा कार्यकर्ताहरुको भेलामा प्रधानमन्त्री ओलीले ‘प्रचण्ड-नेपाल’ समुहमाथि निकै नै ओजिलो र भयानक हमला गरे। उनले उक्त समुहलाई मात्र होइन पूर्व माओबादी नेताहरु मोहन वैद्य, बाबुराम भट्टराई र विप्लवसम्मको कुरा गरेर सबैलाई हँसाए।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले एक यूवा नेतामाथि निकै नै चाखलाग्दो टिप्पणी गरे। उनले भने, ”चुनाव जिताएँ, मन्त्री बनाएँ तर पुक्क लात्ताले हानेर भाग्यो”। उनले अगाडी थप्दै गए, ”दौडि दौडिकन गएर भोट मागे, यो केटोलाई जिताइदिनुस् मन्त्री बनाएर पठाइदिन्छु भने, मन्त्री पनि बनाइदिएँ, गरियो गरियो एक दिन त पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेर्दा त उही केटो तर ठिकै छ हामी यस्तोमा अल्झिदिनौं किनकि हामीमा युवाको कमी छैन”

प्रधानमन्त्री ओलीका सबैभन्दा कट्टर आलोचक योगेश भट्टराई।

यसरी प्रधानमन्त्रीलाई लात्ताले पुक्क हानेर भाग्ने नेता सम्भवत योगेश भट्टराई हुन्। २०७४ सालको चुनावमा ताप्लेजुङमा योगेश भट्टराईलाई भोट माग्न प्रधानमन्त्री ओली पनि पुगेका थिए। उनले त्यहा भनेका थिए, ”यो केटोलाई जिताइदिनुस् मन्त्री बनाएर पठाइदिन्छु”। पछि मन्त्री रविन्द्र अधिकारीको निधनपछि योगेश भट्टराई पर्यटन मन्त्री पनि भएका थिए तर प्रधानमन्त्रीले संसद विघटन गरेपछि असहमति जनाउँदै भट्टराईले राजीनामा दिएर ‘प्रचण्ड-नेपाल’ समुहमा लागेका थिए। अहिले योगेश भट्टराई नै ओलीका सबैभन्दा कट्टर आलोचक बनेका छन्।

[ref-nepalwatch]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *