prachanda lekhraj

एउटै कोठामा आमने-सामने हुँदा पनि बोलन प्रचण्ड र लेखराज

National News News

The Mirror

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार बिहान धनगढी विमानस्थल पुगे। उनलाई स्वागत गर्न प्रदेश इन्चार्ज खगराज भट्ट विमानस्थलमा पुगेका थिए। स्वागतपछि विमानस्थलको विशिष्ट कक्षमा प्रचण्ड पत्रकार सम्मेलनमा सहभागी भए।

विशिष्ट कक्षको एउटा छेउमा प्रचण्ड पत्रकारसँग गफिँदै गर्दा अर्को छेउमा नेकपा एमालेका सचिव लेखराज भट्ट बसिरहेका थिए।उनि काठमाडौँ आउनका लागि आधा घण्टा अघिदेखि विमान पर्खिरहेका थिए। संयोगले भट्ट र प्रचण्ड आमुन्नेसामुन्ने भए तर बोलचाल भएन।

कुनै समय प्रचण्डकै विश्वासपात्र रहेका लेखराजले प्रचण्डलाई न सामान्य शिष्टाचार गरे न त बोलचाल नै भयो।

झन्डै १५ मिनेट उनीहरू आमुन्नेसामुन्ने बसेका थिए। अन्त्यमा भट्ट आफ्नो विमान उड्ने समय भएपछि एक छेउबाट विशिष्ट कक्षबाट बाहिरिए।

त्यो दृश्यले आफूहरूलाई अचम्मित बनाएको माओवादी कार्यकर्ताले बताएका छन्। लामो समय सहयात्री बनेका भट्टले सामान्य बोलचालसमेत नगर्नु भट्टको घमण्डता भएको कार्यकर्ताले आरोप लगाएका छन्।

नेकपा विभाजनपछि एमालेमा लागेपछि प्रचण्डले लेखराजको चर्को आलोचना गरेका थिए।

[ref-tvannapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *