The Mirror Desk,
काठमाडौँ, ‘सित्तैमा पाए अलकत्र पनि’ भन्ने उखान ठ्याक्कै मिल्लो यहाँ। समाचार हेर्दै हासो लाग्ने। सामान्य मानिसले एक दिनमा बढीमा ३ पटक खाना खान्छ होला। तर हाम्रो देशमा सरकारी कर्मचारीले ८ पटक सम्म खाना खान सक्दा रहेछन त्यो पनि सरकारी खर्चमा। त्यो ८ पटक खाना खाने पेट चाहि कत्रो होला?
समाचार अनुसार दोलखाको एक सरकारी कार्यालयका कर्मचारीले भने दिनमा ८ छाक खान सक्छन। जिल्ला समन्वय समिति दोलखाकी एक महिला कर्मचारी (नाम गोप्य राखिएको) २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिएर जिरी नगरपालिका गएकी थिइन्। काम सकेर त्यही दिन बेलुकी फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँको दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको कुरा समाचारमा जनाइएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयले आन्तरिक लेखापरीक्षणको क्रममा यस्तो फेला पारेको हो। ”यसलाई नियमित भन्न सकिन्नँ”, कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाका प्रमुख शिवनाथ पौडेलले भने।
ति महिलाले त्यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै अनुगमन गरेकी थिइन् र दुई दिनमा होटलका चार कोठा लिएकी थिइन् भने १० छाक खाना खाएको देखाएकी थिइन्। त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको प्रमुख पौडेलले बताए। उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेश गरेकी थिईन। [यो समाचार imagekhabar ले छापेको छ]
र अन्तमा यो भिडियो पनि हेर्नुहोस है..
बाबुरामको भारत प्रेम…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020