Maobadi

‘एक्ला एक्लै चुनाव लड्ने हो भने माओवादीको जम्मा ८ सिट मात्र’

National News News

The Mirror

प्रतिनिधिसभा निर्वाचन हुन लगभग सय दिनजति बाँकी छँदा दलहरू गठबन्धन बनाउने प्रयासमा दौडधुप गरिरहेका छन। यसै गरि सम्भावित बिजयको लेखाजोखा पनि सुरु भएको छ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत दलहरूलाई स्थानीय चुनावले खुबै फलिफाप भयो। त्यसैले आगामी संघीय चुनावमा पनि उनीहरु गठबन्धन कायमै राखेर जान चाहन्छन।

पाँच दलका शीर्ष नेताहरूले तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल नै बनाए। गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि तालमेलका लागि तयार देखिएका छन।

विना गठबन्धनको संभावित समीकरण विश्लेषण गर्दा अब आउने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ७९ सिट र नेकपा एमालेले ६९ ठाउँमा जित्न सक्ने देखिन्छ।

माओवादी केन्द्रले ८, जनता समाजवादीले ४, लोकतान्त्रिक समाजवादी पार्टीले २ र एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नागरिक उन्मुक्ति पार्टीले १–१ सिट जित्ने सम्भाबना देखिन्छ।

यो सिटको हिसाब गरिरहँदा बिर्सन नहुने तथ्य के छ भने १६५ मध्ये १४३ सिटमा पहिलो र दोस्रो हुने दलबीचमा चर्को प्रतिस्पर्धा हुनेछ।

जस्तो, १४३ मध्ये ९३ सिटमा विजयी हुने दल र दोस्रो हुने दलको मतान्तर ५ प्रतिशत भन्दा पनि कम छ। थप ५० सिटमा पनि मतान्तर ५ प्रतिशतभन्दा बढी तर १० प्रतिशतभन्दा कम छ।

यस्ता निर्वाचन क्षेत्रहरूमा उम्मेदवारको व्यक्तित्व, उम्मेदवारले चुनावमा गर्ने मिहिनेत र रणनीति जस्ता विषयले पनि हार–जितलाई प्रभाव पार्ने देखिन्छ।

अर्थात् दलहरू चुनावमा विना गठबन्धन गए भने अहिले कांग्रेस र एमालेमा कुन दल ठूलो हुन्छ भन्ने अनुमान गर्न कठिन नै छ किनभने कतिपय स्थानमा उनीहरूबीचको अनुमानित मतान्तर ३ प्रतिशत भन्दा पनि कम छ।[यो समाचार onlinekhabarमा छापिएको छ]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *