The Mirror
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्न निकै आबस्यक रहेको बताएका छन।
सुर्खेतमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिदै नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने र नफस्ने प्रस्ट पारे। अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको दाबी गरे।
उनले गठबन्धनको भरमा परेर पार्टीले कम कसरत गरेकै कारण धेरै सिट गुमाउनु परेको पिडा सुनाए।
उनले गम्भीर हुदै भने, ‘एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने थियौ, मतदातामा चुनाव चिन्हको अस्पष्टताको कारणबाट हामीले निकै धरै सिट गुमाउनु पर्यो’।
उनले भने, ‘निर्वाचन प्रणालीमा पनि त्रुटि प्रकट भए, यसको सुधार हुनुपर्छ, प्रहरी, प्रशासन र निर्वाचन आयोगको भूमिका प्रति गम्भीर आरोप छन, पैसाको चरम दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ, वस्तुजस्तो किनेर देश लुट्ने प्रवृत्ति राम्रो होइन’।
[ref-tvannapurna]
अन्तमा यो पनि…